नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले निजी क्षेत्र अहिले सरकाबाट हाैसला र सम्मान खोजिरहेको बताएका छन्। परिसंघको २१ औं वार्षिकोत्समा बोल्दै उनले यस्तो बताएका हुन्।
अध्यक्ष अग्रवालले निजी क्षेत्रको मनोबल कमजोर भएको भन्दै मनोबल बढाउने काम गर्न समेत आग्रह गरेका हुन्। उनले उद्योगी व्वसायीको मनोबल बढाएर मात्रै आर्थिक क्रियाकलाप बढ्ने बताए।
अहिले समग्र बजारको माग घटिरहेको भन्दै माग बढाउने काम गर्न पनि आग्रह गरेका छन्। अध्यक्ष अग्रवालका अनुसार अहिले उद्योगहरूले आफ्नो क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गरिरहेको बताए।
'उद्योगहरू बन्द हुने क्रम बढ्नु, कालोसूचीको संख्या बढ्दै जानू, उधारो फस्नु अहिले अर्थतन्त्रका मुख्य समस्या हुन्,' उनले भने, 'यसबीचमा १६ घण्टासम्म लोडसेडिङ हुनुले उत्पादन चक्रमा समस्या परेको छ।'
स्थिर नीति, स्वदेशी उद्योग मैत्री नीति, सरकार र राजनीतिक स्थिरता अहिले निजी क्षेत्रले खोजिरहेको उनले बताए। आगामी बजेटमा स्वदेशी उद्योगलाई संरक्षण हुने गरिको नीति ल्याउन उनको सुझाव छ।