मुलुकमा भइरहेको आयातित सामग्रीमा मूल्यवृद्धि गर्ने सामग्रीको भन्दा सोझै उपभोग हुने वस्तुको हिस्सा बढिरहेको छ।
राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०८०–८१ को आठ महिना (साउनदेखि फागुनसम्म)मा मूल्य अभिवृद्धि गर्ने सामानको हिस्सा ४९.५ प्रतिशत छ। कुल १० खर्ब ३० अर्बमा यस्तो वस्तुको आयात मात्रै पाँच खर्ब १० अर्ब छ।
अघिल्लो वर्षको यही अवधिको तुलनामा यस्तो वस्तुको आयात नै घटेको हो। यस्तो आयात ९.५ प्रतिशतले घटेको हो।
कुल आयातमा यस्तो वस्तुको हिस्सा पनि ५३.३ प्रतिशत थियो।
विशेष गरेर सोझै उपभोग गर्न सकिने टेक्सटाइल, जुत्ता, गहना, छाला पहिरन समग्री, कृषि तथा खाद्यान्न सामग्रीको आयात बढेको हो।
सोझै उपभोग गर्न सक्ने वस्तुको आयातमा भइरहेको वृद्धिले मुलुकमा उत्पादनमूलक क्षेत्रमा संकुचन आइरहेको संकेत गर्ने विश्लेषकहरू बताउँछन्।
हाल कुल आयातमा तयारी सामग्रीको हिस्सा ४१.६ प्रतिशत छ। यसअघिसम्म यस्तो हिस्सा ३८.२ प्रतिशत थियो।
हाल कुल १० खर्ब ३० अर्बमा तयारी वस्तुको आयात मात्रै चार खर्ब २८ अर्ब छ। स्थिर पुँजी निर्माण गर्ने खालका समग्रीको हिस्सा भने ८.५ प्रतिशतबाट बढेर ८.९ प्रतिशत पुगेको छ। तर, यो वृद्धि नगन्य हो।