अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहाकारमा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रध्यापक सुर्यबहादुर थापा नियुक्त भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलका अनुसार गत बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले उनलाई प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो।
थापा लामो समयदेखि त्रिविमा अध्यापन गर्दै आएका छन्।
उनले त्रिविको उपकुलपतिका लागि आवेदन दिएका थिए। यसअघि सरकारले गठन गरेको विभिन्न समितिमा रहेर समेत काम गरेका थिए।
यसअघि अर्थमन्त्री तथा अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहाकार योजना आयोगका पूर्व पदाधिकारी तथा राष्ट्र बैंकका अधिकारीहरू नियुक्त गरिँदै आएको थियो।
आगामी आर्थिक वर्षको बजेट निर्माणको संघारमा रहेका अर्थमन्त्री पुनले नयाँ टिम बनाएका छन्। यसअघि अर्थमन्त्रालयका महत्वपूर्ण दुई विभाग भन्सार विभागमा ढुन्डीराज निरौला र आन्तरिक राजस्व विभागमा शिवलाल तिवारीलाई जिम्मेवारी दिएका छन्। बजेट मशाशाखा, राजस्व महाशाखा लगायतका शाखाहरूको जिम्मेवारी पनि हेरफेर गरेका छन्।