विदेशी मुद्राको सञ्चिति निरन्तर बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार माघ महिनासम्म १८ खर्ब ४४ अर्ब ९० करोड रूपैयाँ विदेशी मुद्रा पुगेको हो।
२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेको थियो। सात महिनाको अवधिमा १९.९ प्रतिशतले यस्तो मुद्रा बढेको छ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० माघ मसान्तमा १८.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ८९ करोड पुगेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १६ खर्ब २३ अर्ब ९२ करोड छ। त्यस्तै बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग दुई खर्ब २१ अर्ब रहेको छ।
विदेशी मुद्रामा भारतीय मुद्राको अंश २२.६ प्रतिशत पुगेको छ।
आर्थिक वर्ष २०८०/८१ को सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.७ महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले उल्लेख गरेको छ।