अर्थमन्त्री प्रकाशरण महतले कठिन अवस्थाबाट नेपालको अर्थतन्त्र सुधारोन्मुख स्थितिमा पुगेको बताएका छन्।
अर्थमन्त्रालयमा बजेटको मध्यावधि समीक्षाको क्रममा अर्थमन्त्री महतले यस्तो बताएका हुन्।
'कठिन परिस्थितिमा अर्थमन्त्रीको जिम्मेवारी लिएको थिए, आर्थिक सुधारको विषय तत्कालै परिणाम निस्कने विषय होइन, अहिले सबै सूचकहरू सकारात्मक उन्मुख छ, आर्थिक गतिविधि आउने दिनमा बढ्छन्,' अर्थमन्त्री महतले भने।
विगतका वर्षहरूमा वर्षौ वर्षको लागि कार्यक्रम घोषणा गरिएको कारण दायित्व घटाउनु पर्ने र बजेट पद्धतिलाई चुस्त दुरूस्त बनाउन समय लाग्ने अर्थमन्त्रीले महतले बताए।
बजेट खर्चमा अपेक्षित परिणाम नआएको उनको भनाइ छ। बैंकिङ क्षेत्रमा तरलतामा सुधार आएको, ब्याजदर घटेको, वैदेशिक लगानीको प्रतिवद्धता वृद्धि, पर्यटन क्षेत्रमा उल्लेखनीय सुधार आएकोले पनि अर्थतन्त्रमा सुधारको संकेत देखिएको उनले बताए।
कर्जा लगानी सामान्य दरमा बढ्नुले सुधारको संकेत गरेको उनले बताए।