मधेस प्रदेशमा दर्ता नगरी व्यापार सञ्चालन गर्ने व्यापारीको संख्या उल्लेखनीय देखिएको छ।
दोस्रो व्यापार सर्वेक्षणको नतिजा अनुसार मधेसका ७४ हजार २२२ व्यापारिक प्रतिष्ठानमध्ये ४८.२३ प्रतिशत प्रतिष्ठान दर्ता नभएको पाइएको हो। यो प्रदेशमा ५१.७७ प्रतिशत व्यापारिक प्रतिष्ठान मात्रै सञ्चालन भएको देखिएको छ।
कुल चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये ६८.२३ प्रतिशत दर्ता भएका छन् भने ३१.७७ प्रतिशत दर्ता नगरी चलाएको पाइएको छ।
कोशी प्रदेशमा ३८.४९, मधेशमा ४८.२३, बागमतीमा २४.७०, गण्डकीमा २५.१० प्रतिशत पसल तथा व्यापारिक प्रतिष्ठानले दर्ता बिना व्यापार गरेका छन्।
लुम्बिनी प्रदेशमा २८.८६, कर्णालीमा ३३.८२ र सुदूरपश्चिममा २८.८४ प्रतिशत पसल तथा व्यापार प्रतिष्ठान दर्ता नगरी चलाएका हुन्।
व्यापारको प्रकृति अनुसार खुद्रा व्यापारमा ३३.३८ प्रतिशत दर्ताबिना चलाएको देखिएको छ। मोटर ट्रेड तथा मर्मतसम्भारको व्यापारमा २२.५४ प्रतिशतले दर्ताबिना चलाएका छन्। त्यस्तै होलसेल व्यापारमा भने ६.४२ प्रतिशत दर्ता बिना चलाएको पाइएको छ।