पुस महिनामा मूल्य वृद्धि ५.२६ प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही महिनामा महँगी ७.२६ प्रतिशत थियो। पुस महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि ५.७७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ४.८५ प्रतिशत छ।
मासिक आधारमा भने मूल्य वृद्धि दर बढेको हो। मंसिरमा मूल्य वृद्धि दर ४.९५ प्रतिशत थियो।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेलमा १३.०७ प्रतिशत, तरकारीमा १.०४ प्रतिशत र मासु तथा माछामा ०.०६ प्रतिशतले मूल्य वृद्धि कम भएको छ।
मरमसलामा ३५.६० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थमा ११.३८ प्रतिशत, दाल तथा गेडागुडीमा ११.१४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डामा १०.२९ प्रतिशत र फलफूलमा १०.१५ प्रतिशतले बढेको छ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायातमा १.६२ प्रतिशतले घटेको छ। मनोरञ्जन तथा संस्कृति उप–समूहमा १२.८४ प्रतिशत, विविध वस्तु तथा सेवाहरूको ९.७३ प्रतिशत, शिक्षाको ८.९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरूको ५.१८ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.९६ प्रतिशतले बढेको छ।
२०८० पुस महिनामा काठमाडौं उपत्यकामा मूल्य वृद्धि ५.७६ प्रतिशत, तराईमा ४.७८ प्रतिशत, पहाडमा ५.४० प्रतिशत र हिमालमा ६.५७ प्रतिशत बराबर महँगी छ।