सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रवन्ध निर्देशक अरुण चौधरीलाई पक्राउ गरिएकोमा नेपाल उद्योग परिसंघ सिएनआइले आपत्ति जनाएको छ।
'बिहीबार हठात् रुपमा पक्राउ गरेकोप्रति निजी क्षेत्रको घोर आपत्ति छ,' परिसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
बाँसबारीको सरकारी जग्गा हडपेर चौधरी ग्रुपको नाममा लगेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चौधरी र अजितनारायण सिंहलाई आज (बिहीबार) पक्राउ गरेको हो।
उनीहरूले वि.सं. २०४२ सालदेखि सरकारी जग्गालाई आफ्नो नाममा बनाउने काम सुरू गरेको आरोप छ।
बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गरेको उनीहरूमाथि आरोप छ।