नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले घरजग्गा र सेयर कर्जाको जोखिमभार घटाउँदा बजारमा लगानी योग्य रकम बढ्ने र बैंकहरूलाई सहज हुने बताएका छन्।
राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो समीक्षाबाट घरजग्गा र सेयर कर्जाको जोखिमभार घटाएको छ।
यसअघि रियल स्टेट कर्जा र ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम राष्ट्र बैंकले १५० प्रतिशत राखेको थियो।
प्रथम त्रैमासिक समीक्षाबाट शुक्रबार घटाएर १२५ प्रतिशत कायम गरिएको छ।
१५० को जोखिमभार हुँदा बैंकहरूले धेरै रकम होल्ड भएको र पुँजीकोष पर्याप्तता अनुपातमा दबाब भोगेका थिए। अब भने केही सहज हुने गर्भनर अधिकारीले बताए।
जोखिमभार घटाएका कारणले नै करिब ५० अर्ब रूपैयाँको लगानी योग्य रकम निस्किने उनको भनाइ छ।
जेखिमभार घटाउँदा ४०–५० अर्ब थप पुँजी निस्किन्छ, यो रकम विभिन्न क्षेत्रमा लगानी गर्न सकिन्छ।
प्रथम त्रैमासिक समीक्षाबाट राष्ट्र बैंकले मौद्रिक नीति थप लचिलो बनाएको छ। बैंकको नीतिगत दर घटाउने कर्जाको पुनर्संरचना गर्ने लगयातका नीति लिएको छ भने घरजग्गा र सेयर कर्जाको जोखिमभार पनि घटाएको छ।