सरकारले भाडाका तथा सार्वजनिक सवारी साधानको वार्षिक आय शुल्कमा उल्लेख्य वृद्धि गरेको छ।
आर्थिक विधेयक, २०८० बाट विभिन्न ऐनमा भएको संसोधन तथा परिमार्जन गर्दै भाडाका सवारीसाधनको वार्षिक आय शुल्क जारी गरिएको हो।
नवीकरण शुल्क पाँच सयदेखि तीन हजार रूपैयाँले बढेको छ।
कसले कति तिर्नुपर्ने?
कार, जिप, भ्यान र माइक्रो बस
- १३०० सिसिसम्म: ५ हजार ५०० रूपैयाँ
- १३०१ देखि २००० सम्म : ६ हजार रूपैयाँ
- २००१ देखि २९०० सम्म: ६ हजार ५०० रूपैयाँ
- २९०१ देखि ४००० सम्म : ८ हजार रूपैयाँ
- ४००१ देखि माथिः ९ हजार रूपैयाँ।
यसअघि क्रमशः ४ हजार, ४ हजार ५ सय, ५ हजार, ६ हजार र ७ हजार शुल्क थियो।
मिनी ट्रक, मिनी बस र पानी ट्यांकर ८ हजार रूपैयाँ पुर्याइएको छ। यसअघि ६ हजार थियो।
ट्रक-बसको ८ हजारबाट बढाएर १० हजार ५ सय पुर्याइएको छ। अटो रिक्सा र ट्र्याक्टरको दुई हजारबाट बढाएर २५ सय पुर्याइएको छ।
डोजर, एक्साभेटर, लोडर, रोलर, क्रेन जस्ता मेसिनरी उपकरणमा वार्षिक नवीकरण शुल्क १२ हजार रहेकोमा १५ हजार ५ सय पुर्याइएको छ।