प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालबाट भारततर्फ निर्यात हुने जुटमा एन्टि ड्युटी हटाइदिन आग्रह गरेका छन्।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जुटमा लाग्दै आएको एन्टि ड्युटी हटाइदिन आग्रह गरेका हुन्।
गत डिसेम्बर ३०, २०२२ मा भारतले नेपाल र बंगलादेशबाट त्यहा निर्यात हुने जुटमा लगाउँदै आएको एन्टि ड्युटी पाँच वर्ष थप गरेको थियो।
बजार मूल्यभन्दा कममा निर्यात भइरहेको आशंकामा विभिन्न मुलुकले कडाइ गर्दै एन्टि डम्पिङ लगाउने गर्छन्।
चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा नेपालबाट १७ लाख २६ हजार रूपैयाँको ५ हजार ८ सय ३० केजी बराबर जुट भारत निर्यात भएको छ।