प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतको दिल्लीस्थित हैदरावाद हाउसमा भएको कार्यक्रममा सम्बोधन गर्दै बंगलादेशमा ५० मेगावाट बिजुली बिक्री गर्ने गरी सहमति भएको बताएका छन्।
भारतको बाटो हुँदै पहिलो चरणमा ५० मेगावाटसम्म बिजुली बिक्री गर्न सक्ने सहमति भएको उनले बताएका हुन्।
'आज भारतसँग भएका जलविद्युत् आयोजनासम्बन्धी सम्झौताले ऊर्जा क्षेत्रको विकास गर्न र ऊर्जाको व्यापारको लागि नयाँ सीराबाट काम गर्ने वातावरण बनेको छ,' उनले भने।
यसका लागि निकट भविष्यमै बंगलादेश, भारत र नेपालबीच सम्झौता हुने पनि उनले बताए। यसअघि पहिलो चरणमा बंगलादेश ४० मेगावाट बिजुली बिक्री गर्ने उल्लेख गरिएको थियो।