बिहीबार नेपालगञ्ज सुख्खा बन्दरगाहको उद्घाटन भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसबाट संयुक्त रूपमा सुख्खा बन्दरगाहको उद्घाटन गरेका हुन्।
उद्घाटन पछि भारततर्फबाट नेपाल आएका कन्टेनर नेपाली सुख्खा बन्दरगाह प्रवेश गरेका थिए।
उक्त बन्दरगाह भारत सरकारको सहयोगमा बनेको हो।