सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँको बजेट ल्याएको छ।
बजेटमा विभिन्न दलका नेताहरूले मिश्रित प्रतिक्रिया दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बजेट सुन्दा आकांक्षा राखेको जस्तो देखिने तर लक्ष्य प्राप्त गर्ने आधारहरू नदेखिने बताए।
'लोकप्रियतालाई ध्यानमा राखिएको छ। केही प्रयासहरू गरिएको छ। निजी लगानीदेखि अरू कुरामा प्रोत्साहन गर्न खोजिएका जस्ता कुराहरू छन्,' लामिछानेले भने, 'तर यो प्राप्त गर्न नसकिने र छरिएको किसिमको देखिएको छ।'
हेर्नुहोस् लामिछानेको भनाइ भिडिओमाः