प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेताहरूले सोमबार प्रस्तुत आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रतिक्रिया दिएका छन्।
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँको बजेट ल्याएको छ।
बजेट भाषण सकिएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले बजेटले संकट दर्शाउने तर संकटको समाधान केही पनि नदिने बताएका हुन्।
एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले पनि बजेटले समाधान नदिएको बताए।
उनले भने, 'चलनचल्तीका कार्यक्रमहरू घोषणाबाहेक यसले केही पनि गर्न सकेन। आम जनतामा यसले कुनै आशा र उत्साह ल्याउँदैन।'
हेर्नुहोस् एमाले अध्यक्ष ओली र नेताहरूले के भने?