राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले बजेटलाई आय र व्ययको अनुमान भनेका छन्। यस वर्षको बजेटमा आयको अनुमान अविश्वसनीय र व्ययको अनुमान इच्छाप्रेरित भएको उनले बताएका छन्।
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँको बजेट ल्याएको छ।
बजेट भाषणपछि सञ्चारकर्मीहरूसँग बोल्दै वाग्लेले भने, 'तैपनि बजेटमा पाँच-सातवटा कुराहरू सकारात्मक सदीक्षा राखेर सुरू गरिएको जस्तो देखिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रचनात्मक प्रतिपक्षी भएकाले हामीले शंकाको लाभ दिने भनेका छौं।'
हेर्नुहोस् वाग्लेले के भने?