बजेट राजनीतिक र आर्थिक दस्तावेज हो। त्यसैले पनि बजेटलाई लोकप्रिय बनाउन सरकारले यसमा विभिन्न नारा पनि समेट्ने गर्छ।
केही वर्षदेखि बजेटमा लोकप्रिय नाराले राम्रै स्थान पाउन थालेका छन्। आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत भएको बजेटमा समेत दर्जन बढी नारा समेटिएका छन्।
यी हुन् बजेटमा समेटिएका नाराहरू:
- आत्मनिर्भर अर्थतन्त्रको आधारः स्वदेशमै उत्पादन र रोजगार
- उत्पादन साथमा, अनुदान हातमा
- रैथानेमा गर्व गरौँ
- खेतबारीमा प्राविधिक सेवा, उत्पादनमा टेवा
- पोषणयुक्त घाँसेवालीको विकास गरौं, पशुजन्य उत्पादन बढाऔं
- जग्गा प्रशासनमा सुशासन
- उत्पादन र रोजगार: समृद्धिको आधार
- श्रमको सम्मान राष्ट्रको अभियान
- अबको जीवन स्वदेशमा नै
- गुणस्तरीय स्वास्थ्य उपचार: जनताको अधिकार
- कोखदेखि शोकसम्म सामाजिक सुरक्षा
- सिँचाइमा लगानी, खेतबारीमा पानी