खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपूर्ण कर्जा दिइने भएको छ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुतगर्दै सरकारले स्वरोजगार बन्न चाहाने खेलाडीहरुलाई सहुलियतपूर्ण कर्जा दिने बताएको हो।
अर्थमन्त्री डा.प्रकाश शरण महतले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोष मार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरिने बताएका छन्।