सरकारले २०८० साल भित्रै लगानी सम्मेलन गर्ने बताएको छ।
संघीय संसदको दुबै सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले तुलनात्मक लाभका क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न २०८० मा लगानी सम्मेलन आयोजना गरिने बताएका छन्।
वैदेशिक लगानी प्रवद्र्धन गर्न लगानी बोर्डको क्षमता विकास गरिने छ।
त्यस्तै, वैदेशिक लगानी सुरक्षाको प्रत्याभूति गरिने समेत उनले बताए।