सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागिे स्टार्टअप प्रवर्द्धनका लागि एक अर्ब २५ करोड विनियोजन गरेको छ।
संघीय संसदको दुबै सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले स्टार्टअप प्रवर्द्धनका लागि एक अर्ब २५ करोड विनियोजन गरिएको बताएका हुन्।
चालु आर्थिक वर्षदेखि उक्त कार्यक्रम सञ्चालनमा छ। सरकारले स्टार्टअप व्यवसायीका लागि आवेदन माग गरेको छ।