आगामी आर्थिक वर्षमा राजस्व बढ्ने आँकलन गरिएको छ।
अर्थमन्त्री प्रकाशरण महतले प्रदेश तथा स्थानीय तहमा राजस्व बाँडफाँटबाट जाने राजस्व करिब १० अर्ब रुपैयाँले बढ्ने आँकलन सहितको बजेट प्रस्तुत गरेका छन्।
आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहलाई एक खर्ब ७३ अर्ब रुपैयाँ राजस्व विभाज्य कोषबाट जाने अनुमान गरिएको छ।
चालु आर्थिक वर्षमा एक खर्ब ६३ अर्ब ३ करोड रुपैयाँ अनुमान गरिएको थियो।