सरकारले आगामी आर्थिक वर्षमा नयाँ सवारी खरिद नगर्ने घोषणा गरेको छ।
आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशसरण महतले अर्थतन्त्रमा पर्ने भार हटाउन सरकारले आगामी आर्थिक वर्ष थप नयाँ सवारी खरिद नगर्ने बताएका हुन्।
त्यस्तै फर्निचर र र्फिर्नसिङका सामग्री पनि खरिद नगर्ने घोषणा उनले गरे।