देशभर ७५ लाख ५२ हजार ६६ घर संख्या देखिएको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार सबैभन्दा धेरै घर बागमती प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेशमा घर रहेको देखिएको हो।
बागमती प्रदेशमा १५ लाख ७५ हजार ८२४ ३र संख्या रहेकोमा कर्णालीमा चार लाख ३९ हजार ७१७ मात्रै रहेको छ।
६.३ प्रतिशत घर भने प्रयोग विहीन (खाली रहेका) छन्। ७१ प्रतिशत आवासीय घर रहेका छन् भने १०.१ प्रतिशत घरमा गोठ तथा धन्सारहरू रहेका छन्।
चार लाख ७२ हजार प्रयोग विहीन रहेको देखिएको छ ।
व्यापारिक प्रयोजनका लागि दुई लाख ३३ हजार १९० घर रहेकोमा ३२ हजार १४४ घरमा उद्योग कलकारखाना रहेका छन्।
६ हजार ७१७ घर बैंक तथा वित्तीय संस्थाले प्रयोग गर्दा सरकारी भवन २८ हजार १६२ रहेका छन्।
कति घर कुन-कुन प्रयोगमा ?