६६ लाख ६० हजार ८४१ घर परिवारले बसोबासका लागि प्रयोग गरिरहेका घरहरू मध्ये ३७ प्रतिशत (२५ लाख १५ हजार ९३ वटा) घरको छानोमा सिमेन्ट ढलान गरिएको छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार मुख्य रूपमा ४१.९ प्रतिशत परिवारको छाना जस्ता/टिन/च्यादरबाट बनेको देखिएको छ। ३७.८ प्रतिशतको सिमेन्ट/ढलानबाट, ९.२ प्रतिशतको टायल/खपटा/झिँगटीबाट रहेको छ।
३.९ प्रतिशत खर, पराल/छ्वालीबाट बनेको देखिएको छ। यस्तो घर परिवार संख्या दुई लाख ६० हजार ६ रहेको छ।
त्यस्तै ६.१ प्रतिशत ढुङ्गा/स्लेटबाट, ०.७ प्रतिशत घरहरुको छाना माटोबाट बनेका छन्।