रिद्धी सिद्धी नुकड नाट्य यात्रा जारी छ। विजय लक्ष्मी मिडिया फाउन्डेसन र रिद्धी सिद्धी सिमेन्टको आयोजनामा यो यात्रा सञ्चालन गरिएको हो।
प्रदेश नं. २ को ८ जिल्लाका विभिन्न ५० स्थानमा गरिने यो यात्रा हालसम्म ११ ठाँउमा प्रस्तुत गरिएको छ।
हालसम्म प्रदेश नं. २ को धनुषा जिल्लास्थित सबैला बजार, गोदार, धनुषाधाम र यदुकुहा बजार, महोतरीको बलबा र जलेश्वर, मटिहानि र पिपरा बजार र सर्लाहीको गोडैता, मलंगवा र जनकपुरधाममा उक्त यात्रा सम्पन्न भएको छ।
यो यात्रामा प्रस्तुत गरिएको रिद्धी सिद्धी सिमेन्टको उपयोगिता विषयक नाटकले दर्शक समक्ष लोकप्रियता बटुल्न सफल भएको बताइएको छ।
यस नाटकको नाम सचेत राखिएको छ। नाटकमा दर्शकलाई भेला गराउन सुरुमा मैथिली नृत्य, मैथिली लोक गीतहरू प्रस्तुत गरिन्छ।