सर्वोत्तम सिमेन्टले विरगञ्ज र रौतहटमा प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। सो क्षेत्रहरुमा भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिकलाई लक्षित गरी भेटघाट कार्यक्रम गरिएकाे हाे।
सो कार्यक्रम विरगंजमा बिहीबार र रौतहटमा शुक्रबार भएको थियो।
कार्यक्रममा घर बनाउँदा सिमेन्ट र डन्डीको प्रयोग प्राविधिक रुपमा कसरी भुकम्प प्रतिरोधात्मक हुन्छ र सिमेन्टको प्रयोग प्राविधक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत कम हुन्छ भन्नेबारे जानकारी गराइएको थियो।
उक्त भेलामा विरगञ्ज क्षेत्रका करिब १३० व्यवसायी र रौटहट क्षेत्रका करिब ६५ व्यवसायीकोे उपस्थिति थियो।