जगदम्बा सिमेन्टको निर्माण विज्ञसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। यसले फागुन २६ गते पाँचखाल खाँवामा ६० धेरै निर्माण विज्ञसँग छलफल गरेको थियो।
कार्यक्रममा विभिन्न क्षेत्रका निर्माण व्यवसायीहरुले भूकम्प प्रतिरोधात्मक निर्माण विधी नेपाल जस्तो देशको संरचनामा अपरिहार्य रहेको बताए।
विज्ञ सँगको परामर्श, कुशल जनशक्तिको प्रयोग र गुणस्तरीय निर्माण सामग्रीले मात्र निर्माण दिगो हुने कम्पनीका क्षेत्रीय बिक्री प्रवन्धक केदार निरौलाले बताए।
यस्ता चेतनामूलक जानकारी नेपालका अन्य सहरहरुमा गर्दै जाने प्रतिवद्धता कम्पनीका इन्जिनियर कुसल काफ्लेले गरे।