अर्घाखाँची सिमेन्ट कम्पनीले रुपन्देहीको सियारी गाउँपालिका वार्ड नं.२ मा स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ।
कम्पनीले लगभग एक करोड रुपैयाँ बराबरको लागतमा मैनहियामा बनाउन लागेको सो स्वास्थ्य केन्द्र भवनको कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले सोमबार शिलान्यास गरेका छन्।
निर्माणपश्चात उक्त भवनमा सियारी गाउँपालिकाले ५ शैयाको अस्पताल सञ्चालन गर्नेछ।
कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय क्षेत्रमा स्वास्थ्य केन्द्र स्थापना गर्न लागेको उद्योगका निर्देशक राजेशकुमार अग्रवालले जानकारी दिए।
‘यस क्षेत्रमा उद्योग सञ्चालन गरिरहँदा रोजगारीसँगै यहाँका स्थानीयको समस्या तथा दुःखमा पनि साथ र सहयोग गर्ने हाम्रो उद्देश्य छ’ अग्रवालले भने।
अबको एक वर्षभित्र भवन निर्माण सम्पन्न गरेर सम्वन्धित गाउँपालिकालाई हस्तान्तरण गर्ने कम्पनीले जनाएको छ।
सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले स्वास्थ्य केन्द्रलाई ५ शैयाको बनाउँदै यस क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए।
सियारी गाउँपालिकामा सिमेन्ट उत्पादन केन्द्र रहेको कम्पनीले आसपासका क्षेत्रहरुको शिक्षा, सरसफाइ, खाद्यान्न तथा बाटोघाटो विविध किसिमका पूर्वाधारको विकासमा सघाउ पु¥याउँदै आएको छ।