काठमाडौं उपत्यकामा रहेका मालपोत तथा भूमिसुधार कार्यालयहरुले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन्।
कोभिड १९ को संक्रमण जोखिम रहेको भन्दै त्यहाँबाट दिइने सेवा भदौ १५ गतेसम्म बन्द भएका हुन्।
यो बीचमा प्रशासनिक तथा आन्तरिक काम भने जारी रहने भूमी व्यवस्थापन तथा अभिलेखन विभागले जानकारी दिएको छ। विभागले सूचना जारी गर्दै भीडभाड धेरै भएकाले सेवा बन्द गरिएको बताएको छ।
उपत्यका बाहिरका कार्यालयहरुको सेवा प्रदेश सरकार/स्थानीय प्रशासनसँगको समन्वयमा सञ्चालन गराउने तथा नगराउन निर्णय गर्नुपर्ने छ।
मालपोत बन्द हुँदा घरजग्गाको कारोबार पनि तत्कालका लागि प्रभावित हुने भएको छ।