ख्वप कलेज अफ इन्जिनियरिङमा अध्यापनरत सिभिल इन्जिनियरिङ विभागका प्राध्यापकहरुको समूहले गोर्खा चाइनिज इटाको विभिन्न आयाममा खोज अनुसन्धान तथा परीक्षण गरेका छन् । कलेजका इन्जिनियर नविन भुजू, विभू थापामगर, युगेश गैंडा, रामेश्वर श्रेष्ठ र प्रिया पञ्चको समूहले इटामाथि परीक्षण गरेका हुन् । परीक्षण कलेजमै उपलब्ध प्रयोगशालामा गरेका हुन् ।
नतिजा अनुसार इटाको औसत कम्प्रेसिभ स्ट्रेन्थ १२ दशमलब ९१ एमपीए र पानी सोस्ने क्षमता १७ प्रतिशत भन्दा कम रहेको देखाएको छ । इटाको गुणस्तर विश्वव्यापी मापदण्ड अनुसार पहिलो श्रेणीको रहेको नतिजामा उल्लेख छ । स्थानीय बजारमा उपलव्ध हुने अरू साधारण इटामा भन्दा यो इटामा वढी कम्प्रेसिभ स्ट्रेन्थ र कमै मात्र पानी सोस्ने क्षमता रहेको नतिजामा उल्लेख छ ।
अमेरिकन सोसाइटी फर टेष्टिङ एण्ड मेटेरिल्यस् र इन्डियन गुणस्तरलाई आधार मानी परीक्षण गरिएको जनाइएको छ । अध्ययन अनुसार इटाको लम्वाई,चौडाई अनि मोटाईमा क्रमश ६, ४ र २ एमएममात्र भेरिएसन रहेको उल्लेख छ ।
गोर्खा चाइनिज इटाको उद्योग बनेपाको बासडोलमा रहेको छ । यसले मंसिर महिनादेखि इटा उत्पादन थालेको थियो ।