शंकर ग्रुपको उत्पादन राइनो ५०० डि डण्डीबारे निर्माणकर्मीहरुलाई प्राविधिक जानकारी दिइएको छ।
‘हाम्रो विश्वास राइनो डक्टिलिटी’ भन्ने मूल सन्देशका साथ नारायणघाटमा निर्माणकर्मीहरु माझ प्राविधिक ज्ञानको प्रस्तुतीकरण गरिएको कम्पनीले जनाएको छ।
ब्राण्ड म्यानेजर निरज बानियाले फलामे छडको इतिहास, उत्पादन प्रक्रिया र राइनोको गुणस्तरबारेमा जानकारी गराए। रासायनिक तथा यान्त्रिक गुणले फलामे छडको गुणस्तरमा पार्ने प्रभावबारी बानियाले जानकारी दिए।
निर्माणकर्मी तथा निर्माण व्यवसायीहरुको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा सहभागीहरुसँग अन्तरक्रिया गरिनुका साथै मनोरन्जनका कार्यक्रमहरु संचालन गरिएको थियो।