चिनियाँ यूपीभीसी उत्पादक किनबोनबाट उत्पादित सामानहरुको नेपालको लागि आधिकारिक विक्रेता गोर्खा इको प्यानल भएको छ । गोर्खा इको प्यानलको भगिनी संस्था गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिले त्यसको आधिकारिक विक्रेताका लागि सम्झौता गरेको छ । गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवं गोर्खा विण्डोरका सञ्चालक ईन्जिनियर कृष्णभक्त दुवाल र किनबोनका प्रबन्धक मेलिसा दोङले चीनमै संयुक्त हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर कार्यक्रममा प्रबन्धक दोङले आफना उत्पादनमा १० वर्ष वारेन्टी रहेको बताइन् । साथसाथै कलर नखुइलिने पनि उनले बताएको गोर्खा इको प्यानलले जारी गरेको विज्ञप्तीमा जनाइएको छ।
सन् १९९९ मा स्थापित किनबोन चीनकै सवैभन्दा ठूलो यूपीभीसीको उत्पादनकर्ता कम्पनी भएको दावी गरिएको छ। भारतका मुख्य सहरहरु दिल्ली, चेनाई,
हैदराबादमा पनि आउटलेट राखेको किनबोनले नेपाली बजारमा पनि आफनो यूपीभीसी प्रबद्र्धन गर्न गोर्खा विण्डोरलाई आधिकारिक विक्रेता दिएको हो।
गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालि पनि काठको विकल्पको रुपमा रहेको युपीभीसी झ्यालढोकाको उत्पादन गर्ने नेपाली कम्पनी हो । मुख्य कार्यालय चाँंगुरोड भक्तपुरमा रहेको यस कम्पनीले विण्डोरका साथै प्रिकाष्ट (कारखानामा पहिला नै तयार पारिएको ढलानका स्लायाब) उत्पादन गर्दै आएको छ । गोर्खा विण्डोरले किनबोनका यूपीभीसी सामानहरु आफूले बनाउने झयालढोकामा प्रयोग गर्नुका साथै अरु कम्पनीहरुलाई पनि बेच्न यो आधिकारिक विक्रेता लिएको जनाएको छ।
गोर्खा विण्डोरका सञ्चालक इन्जिनियरि कृष्णभक्त दुवालले आफूहरुले विगत दुई वर्षदेखि विभिन्न देशका विभिन्न ब्राण्डका यूपीभीसीहरु आयात गरी झयालढोका बनाउँंदै आएको र किनबोनको सामान उत्कृष्ट रहेकाले यसपाली नेपालमा प्रबद्र्धन गर्न आधिकारिक विक्रेता लिएको जनाए ।