जीवनभरिको कमाईले बनाइने घर होस् या भवन, त्यसको गुणस्तरमा कोही कसैले पनि सम्झौता गर्न सक्दैन। यदि तपाई घर बनाउने सोचमा हुनुन्छ भने भृकुटीमण्डपको प्रदर्शनी स्थलमा जानुहोस्।
भृकुटीमण्डपमा घर तथा भवन निमार्णका लागि आवश्यक सम्पूर्ण सामग्रीको बृहत मेला लागेको छ। मेलामा तपाईले सिमेन्ट, पेन्टिङ, पाइप, रोडा, गिट्टी, बालुवा लगायत काठको वैल्पिक झ्याल ढोका देख्न सक्नुहुन्छ।यदि तपाई लोकल इट्टाको सट्टामा वैकल्पिक इट्टाको खोजिमा हुनुहुन्छ भने पछिल्लो समय ग्राहकले रूचाएको त्यस्ता इट्टा पनि मेलामा राखिएको छ।
मेलामा जगदम्बा कंक्रिटले ब्लक, होलो ब्लक, एरोब्रिक्स ब्लक, एएसी ब्लक, लाइट वेट ब्लक, कम्प्रेस्ड इट्टा सलिट ब्लक राखेको छ।जगदम्बा कंक्रिटका निर्देशक प्रकाश बस्नेत भुकम्पपछि यस प्रकारका इट्टाको माग बढ्दै गएको बताउँछन्।लोकल इट्टाको तुलनामा यस प्रकारका इट्टा तीन गुणा बलियो हुने उनको भनाइ छ।लोकल इट्टा भन्दा यो इट्टाको भारवहन क्षमता बढी हुन्छ। साथै यो तुलनात्मक रूपमा केही महङ्गो हुने उनको भनाइ छ।
उनका अनुसार भुकम्पप्रतिरोधात्मक क्षमता भएको यो इट्टा प्रयोगले घर बनाउँदा मसला कम लाग्छ। आगँनमा यसप्रकारका इट्टा बिच्छ्याउँदा आकाशबाट परेको पानि जमिनमानै जान्छ।यसप्रकारको पेभर्स इट्टा फरक फरक रङ र मूल्यमा पाइने कम्पनीले जनाएको छ।
कम्पनीका अनुुसार स्क्वायर पेपर इट्टाको ४२, एक सय २० भारवहन क्षमता भएको ३८ रूपैयाँ, त्रिभुज आकारको इट्टाको २३ रूपैयाँ पर्छ।
ग्रे करलको इट्टा बाहेकका इट्टाकोे ३ रूपियाँ बढी पर्ने कम्नीको भनाइ छ।