नेपालमा सजावट सम्बन्धी रङ्गहरुको उत्पादन गर्दै आएको बर्जर जेन्सन् एण्ड निकल्सनले ‘आइडिया २०१८’ योजना ल्याएको छ।
यो नेपालमा संचालन हुने एकमात्र राष्ट्रिय स्तरको इन्टेरियर डिजाइन प्रतियोगिता रहेको कम्पनीको दावी छ।
यसमा इन्टेरियर डिजाइन र आर्किटेक्चरका विद्यार्थीहरु तथा यस क्षेत्रलाई कर्मथलो बनाइरहेका पेशाकर्मीहरुले सहभागीता जनाउन सक्नेछन्।
कम्पनीले ‘बर्जर मोबाइल एप’ पनि ल्याएको छ। एउटा पेन्ट एपमा हुनु पर्ने सबै विशेषताहरु अद्यावधिक गरिएको कम्पनीको दावी छ।
आन्तरिक र बाह्य रुपमा पेन्ट गर्दा लाग्ने लागत, रङ्ग र उत्पादनका बारेमा विस्तृत जानकारी एपमार्फत प्रदान गरिएको बर्जरले जनाएको छ।
यसमा भर्चुअल पेन्टर समेत समाविष्ट छ। जसले संरचनाको आन्तरिक र बाहिरी भागको लागि उपयुक्त रङ्ग छनौट गर्न सहजता प्रदान गर्छ। आफूलाई मनपरेको रङ्ग छानेर डिफल्ट टेम्पलेटमा कलर गरेर हेर्न सकिने र आफ्नो घर या कोठाको फोटो खिचेर त्यसलाई एपमा राखि पेन्ट गरेर रङ्ग छान्न सकिने कम्पनीले जनाएको छ।