नयाँ घर बनाउँदै हुनुहुन्छ। कस्तो किसिमको घर बनाउने सोचमा हुनुहुन्छ।
कति स्क्वायर फिटको कति लाग्ला, कस्तो डिजाइनको बनाउने, कस्तो रंग लगाउने, कुन सिमेन्ट प्रयोग गर्ने भन्ने विषयमा दोधारमा हुनुहुन्छ भने भृकुटीमण्डपमा भवन तथा निमार्ण सामाग्रीहरुको बृहत मेला चलिरहेको छ।
सो मेलामा विभिन्न कम्पनीहरुले आकर्षक प्याकेजहरु अघि सारेका छन्। प्रर्दशनीमा साढे २ तल्ले घरको ८० लाखदेखि १ करोड २० लाखसम्मका प्याकेजहरु अघि सारेका छन्। घर बनाउने मात्र होइन घर बनाउन जग्गाको खोजीमा हुनुहुन्छ भने पनि प्रर्दशनीमा तपाईलाई त्यो अवसर जुट्न सक्छ।
घर बनाउन खर्च कति लाग्छ
-प्रर्दशनीमा एक कम्पनीले ल्याएको प्याकेज
घर बनाउन के के छन् त प्रक्रिया
पहिलो चरणमा डिजाइनको काम हुन्छ।
त्यही अनुरूप कन्ट्रयाक पेपर बनाइन्छ। ग्राहकको जग्गामा कस्तो खालको घर बनाउन मिल्छ हेरिन्छ। धरधनीले भने बमोजिमको कोठा बन्छ की बन्दैन भनेर पहिले साइड भिजिट गरिन्छ। त्यो अनुसारको चित्र कोरेर ग्राहकलाई मेल पठाइने कम्पनीहरुले बताएका छन्।
त्यसपछि थ्रिडी’ डिजाइन गरिन्छ। अर्थात् ३६० डिग्रीमा घर कस्तो देखिन्छ भनेर चित्र कोरिन्छ। त्यसपछि सम्पूर्ण आवश्यक कागजात पुरा गरेर नगरपालिकामा नक्सापास गर्न पठाइन्छ। त्यहाँबाट पास भएर आइसकेपछि डिजाइनको कन्ट्रयाक सकिन्छ। त्यसपछि कन्स्ट्रक्सन सुरू हुन्छ।
दोश्रो चरणमा कन्स्ट्रक्सनको काम हुन्छ। त्यही अनुरूप कन्ट्रयाक पेपर बनाइन्छ। त्यसमा ग्राहकले सामाग्री चयन गर्छ। जस्तैः कुन सिमेन्ट, कुन इट्टा, पाइप धारादेखि पेन्टिङको करलसमेत सम्पूर्ण सामान ग्राहक आफैँले रोज्न सक्छन्। कन्ट्रयाकमा घर सम्पन्न गर्ने समय तोकिएको हुन्छ। त्यही अनुसार घर तयारी हुन्छ।