जगदम्बा समूहमा आवद्ध उद्यमीहरुले बेलायती र जर्मनी प्रबिधिद्वारा निर्मित प्रि–कास्ट निर्माण सामग्री बजारमा ल्याएका छन्।
‘जगदम्बा कंक्रिटो’ नामक उद्योगबाट उनीहरुले ब्लक, ब्रिक, पेभरका साथै प्रि– कास्ट बस्तुहरु फ्ल्याग टायल्स, ससर ड्रेन, कर्भस्ट्रोन लगायतको उत्पादन थालेका छन्।
उद्योगद्वारा उत्पादित निर्माण सामाग्रीको प्रयोगले लगानीमा १० देखि ७५ प्रतिशतसम्म बचत हुने कम्पनीको दावी छ।
घर, हाउजिङ्ग, अपार्टमेन्ट, सपिङ्ग कम्पेक्स, होटल, बाटो, राजमार्ग, पार्क लगायत संरचनालाई कम्पनीबाट उत्पादित ईटा, ब्लक, पेभर, कर्भस्टोन, स्ल्याव आदि वस्तुहरुको प्रयोगले गुणस्तरियता थपिने कम्पनीको दावी छ।