असोज ४ गते काठमाडौंको भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स’ हुने भएको छ। असोज ८ गतेसम्म भृकुटीमण्डपमा चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय बढी फर्निचर र फर्निसिङ सामग्रीका स्टल रहने जनाइएको छ।
पत्रकार सम्मेलन गरी एक्स्पो आयोजक संस्थाले प्रतिष्ठित स्वेदेशी तथा विदेशी ब्राण्डका सय भन्दा बढी कम्पनी रहने जानकारी दिएको छ।
एक्स्पोमा ख्याति प्राप्त नेपाली तथा अन्तर्राष्ट्रिय ब्राण्डका फर्निचरको प्रदर्शनी हुनेछ।
उक्त अवसरमा नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लिेरेन्सका साथै दशैँ अफरमा फर्निचर तथा फर्निसिङका सामानहरु विक्रि वितरण समेत हुने आयोजकको भनाई छ।
एक्सपोमा प्रदर्शनीको अतिरिक्त अवोलकनकर्तालाई लक्की ड्र मार्फत आर्कषक उपहार समेत वितरण गरिनेछ। प्रदर्शनी स्थलमै वास्तुशास्त्रका साथै इन्टेरियर डिजाइन सम्बन्धी परामर्श समेत दिइने बताइएको छ।
रोबटिक प्रतिस्पर्धा एक्सपोको अर्को आर्कषण हुने छ। विगतका एक्स्पोको तुलनामा यस पटक वस्तु र सेवामा धेरै फरक रहने इभेण्ट सोलुसनले जनाएको छ ।
फर्नेक्स २०१८को टाइटल स्पोन्सर जेम फ्लोरिङ रहेको छ ।एक्स्पोको मुख्य प्रायोजक सिमल डेकोर, यती फ्लोरिङ ग्लेन र डिलाइट रहेका छन् ।
एक्स्पोको छैठौं संस्करणको व्यवस्थापक इभेण्ट सोलुसनरहेको छ भने यो एक्स्पोलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ ं व्यवसायी महासंघले प्रवद्र्धन गरेका छन्।
किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने छन् ।
यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुशास्त्रसँग सम्बन्धित सेवा प्रदर्शनीको आकर्षण बन्ने आयोजकले जनाएको छ ।
मौलिक तथा परम्परागतका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने संघका अध्यक्ष राजेश अग्रवालको दावी छ।
फर्निचरको प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने आयोजकको भनाई छ ।
एक्स्पो व्यवस्थापन गरेको इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानले फरक शैलीमा एक्स्पोको छैठौं संस्करण आयोजना हुन लागेको बताए । फर्निचर क्षेत्रको प्रविधि अवलोकनकर्ताको मुख्य आकर्षण बन्ने उनको भनाई छ ।