चाचान गु्रपबाट संचालित त्रिशक्ति सिमेन्टमा गुणस्तर कम पाइएको छ।
गुणस्तर तथा नाप तौल विभागले जाँच गर्दा सिमेन्टमा गुणस्तर कम भेटिएको हो।
'त्रिशक्ति सिमेन्टमा अद्युल्य पदार्थको मात्रा बढी भएको पाइएको,' विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सेतोपाटीसँग भने।
सिमेन्टमा अद्युल्य पदार्थको मात्रा बढी भएपछि त्यसलाई १ महिनाको लागि विक्रि वितरणमा रोक लगाएको पुडासैनीले बताए।
जाँचका क्रममा सिमेन्ट गुणस्तरहिन भेटिएपछि विभागले २ पटकसम्म उद्योग प्रशासनलाई जानकारी गराएको थियो।
'अटेर गरेपछि सिमेन्ट विक्री वितरणमा रोक लगाइएको हो, ' पुडासैनीले भने। त्रिशक्ति सिमेन्ट पर्सामा छ।
त्यस्तै विभागले जाँचका क्रममा २ वटा उद्योगका पाइप पनि विक्री वितरणमा रोक लगाएको छ। बुटवलको नव नेपाल पाइप र बाराको नारायणी पाइपमा गुणस्तर कम भेटिएपछि विक्री वितरणमा रोक लगाइएको विभागले जनाएको छ।