नेपाल दूरसञ्चारको गत असारसम्मको तथ्यांक अनुसार मोबाइल फोन प्रयोगकर्ताको संख्या कुल जनसंख्याको १२९ प्रतिशत अर्थात ३ करोड ४१ लाख पुगेको छ। यस तथ्यांकले मोबाइल फोन नबोक्ने सायदै कोही भएको भन्ने भनाईलाई पुष्टि गर्छ।
आधुनिक यस समयमा मोबाइलको प्रयोग केवल ‘कल’ गर्नमा मात्र सीमित रहेन। मोबाइलप्रति हामी धेरै नै अभ्यस्त भइसकेका छौँ।
प्रविधिको विकास तथा प्रतिस्पर्धाले मोबाइल उत्पादक कम्पनीहरुले पनि आफ्ना उत्पादनलाई कम मूल्यमा थप फिचर सहित सार्वजनिक गर्न थालेका छन् परिणाम स्वरुप बजारमा फरक मूल्य र फिचरका स्मार्टफोन उप्लब्ध छन्।
उपभोक्ताहरु माझ कम मूल्यमा अधिक्तम फिचर्सहरु भएका फोनहरु प्रति निकै आर्कषण देखिन्छ। त्यसैले पनि बजारमा सबैभन्दा धेरै विक्री हुने सेटमा पनि ‘इन्ट्री लेबल’ अर्थात १० हजार भन्दा माथि तथा १५ हजारका फोनहरु बढि पर्दछन्।
१ लाख भन्दा बढि मूल्य भएका फोन पाइने नेपाली बजारमा १० हजार भन्दा कम दामका स्मार्ट फोन पनि उपलब्ध छन जसमा पनि महँगा मोबाइल झैं पछिल्ला फिचरको सेवा लिन सकिन्छ।
पुल्चोकस्थित प्राइम स्टोरका सञ्चालक सागर गौतम महँगा स्मार्टफोनहरु किन्नेको संख्या बढ्दै गएपनि इन्ट्री लेबलका फोनहरुप्रतिको आर्कषण् भने नघटेको बताउँछन्।
गौतमको भनाईमा कम बजेटका भएका तथा विधार्थीहरु माझ १५ हजार आसपास मूल्य भएका स्मार्टफोनहरुको आर्कषणमा रहेको छ।
त्यस्तै काठमाण्डौँ उपत्यका बाहिर पनि यसै मूल्यका फोनहरु धेरै विक्री हुने गरेको गौतमको अनभुव रहेको छ।
ग्राहकहरुको सहजताका लागि हामीले बजारमा उपलब्ध विभिन्न ब्राण्डका १५ हजार भन्दा कम मूल्य भएका फोनहरुका फिचर्सका आधारमा उत्कृष्ट १० स्मार्टफोनहरु छनौट गरेका छौँ।
एमआई फोर ए
यस फोनका मूख्य फिचर्सहरु यस प्रकार छन्ः
५ इन्च एचडी आइपिएस डिस्प्ले
एन्ड्रोइड् ६.० मार्समालो अपेरेटिङ सिस्टम
१.४ गिगाहर्ज क्वाडकोर प्रोसेसर
स्नापड्रागन ४२५
२ जीबी र्याम
१६ जीबी इन्टरनल स्टोरेज
१३ मेगापिक्सेल रियर (पछाडिको) क्यामेरा
५ मेगापिक्सेल सेल्फी क्यामेरा
३१२० एमएएच ब्याट्री क्षमता
मूल्यः १४ हजार ९ सय ९९ रुपैंयाँ
जिओनी एक्स वन
यस फोनका मूख्य फिचर्सहरु यस प्रकार छन्ः
५ इन्च आइपिएस एलसिडी डिस्प्ले
एन्ड्रोइड् ७.० नोगट अपेरेटिङ सिस्टम
१.३ गिगाहर्ज क्वाडकोर प्रोसेसर
२ जीबी र्याम
१६ जीबी इन्टरनल स्टोरेज
८ मेगापिक्सेल रियर (पछाडिको) क्यामेरा
८ मेगापिक्सेल सेल्फी क्यामेरा
३००० एमएएच ब्याट्री क्षमता
मूल्य १३ हजार ९ सय ९९ रुपैंयाँ
ओप्पो ए३७
यस फोनका मूख्य फिचर्सहरु यस प्रकार छन्ः
५ इन्च एचडी आइपिएस डिस्प्ले
गोरिला ग्लास ४
एन्ड्रोइड् ५.१ ललिपप अपेरेटिङ सिस्टम
१.२ गिगाहर्ज क्वाडकोर प्रोसेसर
स्नापड्रागन ४१०
२ जीबी र्याम
१६ जीबी इन्टरनल स्टोरेज
८ मेगापिक्सेल रियर (पछाडिको) क्यामेरा
५ मेगापिक्सेल सेल्फी क्यामेरा
२६३० एमएएच ब्याट्री क्षमता
मूल्य १५ हजार ५९० रुपैंयाँ
सामसुङ्ग अन सेभेन प्रो
यस फोनका मूख्य फिचर्सहरु यस प्रकार छन्ः
५ इन्च आइपिएस डिस्प्ले
एन्ड्रोइड् ६.० मार्समालो अपेरेटिङ सिस्टम
१.२ गिगाहर्ज क्वाडकोर प्रोसेसर
स्नापड्रागन ४२५
२ जीबी र्याम
१६ जीबी इन्टरनल स्टोरेज
१३ मेगापिक्सेल रियर (पछाडिको) क्यामेरा
५ मेगापिक्सेल सेल्फी क्यामेरा
३००० एमएएच ब्याट्री क्षमता
मूल्य १५ हजार ४९० रुपैंयाँ
जे टु प्रो
यस फोनका मूख्य फिचर्सहरु यस प्रकार छन्ः
५ इन्च एचडी आइपिएस डिस्प्ले
एन्ड्रोइड् ६.० मार्समालो अपेरेटिङ सिस्टम
१.५ गिगाहर्ज क्वाडकोर प्रोसेसर
२ जीबी र्याम
१६ जीबी इन्टरनल स्टोरेज
८ मेगापिक्सेल रियर (पछाडिको) क्यामेरा
५ मेगापिक्सेल सेल्फी क्यामेरा
२६०० एमएएच ब्याट्री क्षमता
मूल्य १४ हजार २९० रुपैंयाँ
हुवावे वाई फाइभ(२०१७)
यस फोनका मूख्य फिचर्सहरु यस प्रकार छन्ः
५ इन्च आइपिएस एलसिडी डिस्प्ले
एन्ड्रोइड् ६.० मार्समालो अपेरेटिङ सिस्टम
१.४ गिगाहर्ज क्वाडकोर प्रोसेसर
२ जीबी र्याम
१६ जीबी इन्टरनल स्टोरेज
८ मेगापिक्सेल रियर (पछाडिको) क्यामेरा
५ मेगापिक्सेल सेल्फी क्यामेरा
३००० एमएएच ब्याट्री क्षमता
मूल्य १५ हजार ६०० रुपैंयाँ
नोकिया ३
यस फोनका मूख्य फिचर्सहरु यस प्रकार छन्ः
५ इन्च एचडी आइपिएस डिस्प्ले
एन्ड्रोइड् ७.० नोगट अपेरेटिङ सिस्टम
१.४ गिगाहर्ज क्वाडकोर प्रोसेसर
२ जीबी र्याम
१६ जीबी इन्टरनल स्टोरेज
८ मेगापिक्सेल रियर (पछाडिको) क्यामेरा
८ मेगापिक्सेल सेल्फी क्यामेरा
२६३० एमएएच ब्याट्री क्षमता
मूल्य १५ हजार ६५० रुपैंयाँ
कलर्स पी८५+ सेल्फी प्रो
यस फोनका मूख्य फिचर्सहरु यस प्रकार छन्ः
५.५ इन्च एचडी आइपिएस एलसिडी डिस्प्ले
एन्ड्रोइड् ६.० मार्समालो अपेरेटिङ सिस्टम
१.३ गिगाहर्ज क्वाडकोर प्रोसेसर
२ जीबी र्याम
१६ जीबी इन्टरनल स्टोरेज
१३ मेगापिक्सेल रियर (पछाडिको) क्यामेरा
८ मेगापिक्सेल सेल्फी क्यामेरा
३००० एमएएच ब्याट्री क्षमता
मूल्यः १४ हजार ९९९ रुपैंयाँ
लाभा आर वन
यस फोनका मूख्य फिचर्सहरु यस प्रकार छन्ः
५ इन्च आइपिएस एलसिडी डिस्प्ले
एन्ड्रोइड् ६.० मार्समालो अपेरेटिङ सिस्टम
१.३ गिगाहर्ज क्वाडकोर प्रोसेसर
२ जीबी र्याम
१६ जीबी इन्टरनल स्टोरेज
८ मेगापिक्सेल रियर (पछाडिको) क्यामेरा
५ मेगापिक्सेल सेल्फी क्यामेरा
२६२० एमएएच ब्याट्री क्षमता
मूल्य १३ हजार ९९९
लेनोभो भाइब पी१ एम
यस फोनका मूख्य फिचर्सहरु यस प्रकार छन्ः
५.० इन्च आइपिएस एलसिडी डिस्प्ले
एन्ड्रोइड् ६.० मार्समालो अपेरेटिङ सिस्टम
१ गिगाहर्ज क्वाडकोर प्रोसेसर
२ जीबी र्याम
१६ जीबी इन्टरनल स्टोरेज
८ मेगापिक्सेल रियर (पछाडिको) क्यामेरा
५ मेगापिक्सेल सेल्फी क्यामेरा
३९०० एमएएच ब्याट्री क्षमता
मूल्य १५ हजार ९९९ रुपैंयाँ
उल्लेखित मूल्यमा फोन विक्रेता पसलहरुले सामान्यतया ५ देखि १० प्रतिशतसम्म छुट दिने गछन्।
यसबाहेक फोन कम्पनी स्वंयले समेत विभिन्न समय अनुसार फोनको खरिद अन्य अफर तथा उपहार समेत दिने गर्छन्।त्यसैले उल्लेखित मूल्यमा पसल अनुसार सामान्य फरक पर्न सक्नेछ।