आजदेखि काठमाडौंमा शिखर शुज क्रेजि मेला सुरु भएको छ। उक्त मेलामा हरेक शिखर जुत्ताको खरिदमा १० देखि ७० प्रतिशत सम्मको छुट पाइनेछ । यो मेला करिब २० दिनसम्म लाग्ने कम्पनीका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले जानकारी दिए।
२० वर्षअघि स्थापित कम्पनी– शिखर शु हालसम्म आइपुग्दा एक परिचित एवम् लोकप्रिय ब्राण्डको रुपमा स्थापित भइसकेको छ । हालसम्म आइपुग्दा शिखर शु कन्भेयर मेसिन, पियू मेसिन (पोली युरेथेन) र डिएमएस (बुट बनाउने) मेसिनले सुसज्जित भैसकेको छ । शिखर शुजले हाल नेपाली ब्राण्डका जुत्ताको बजारमा महत्वपुर्ण सेएर हिस्सा ओगटेको छ ।
कम्पनीले हाल चप्पल, जुत्ता, सुरक्षा बुट, साधारण बुट, बच्चाको एवम जाडोयामको लागि न्यानो कपडाको जुत्ता लगायतका करिब चार सय डिजाइनका जुत्ता चप्पल उत्पादन गर्दै आएको छ ।
यस उद्योगमा अहिले ७ सयभन्दा बढी व्यक्तिले रोजगारी पाइरहेका छन् । ग्राहकको हितलाई ध्यानमा राखी कम्पनीले आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेण्टी समेत दिदै आएको छ ।
कम्पनीले जुत्ता उत्पादनका लागि आवश्यक कच्चापदार्थ भारत, थाइल्याण्ड, मलेसिया र चीनबाट आयात गर्दै आएको छ ।