नेपालमा उच्च शिक्षा लिन चाहने विद्यार्थीलाई लक्षित गरी शैक्षिक मेला आयोजना गर्न लागिएको छ । भिजन मिडिया ईन्कर्पोरेशन र एजूकेशन डट कमले स्वदेशी शिक्षा सबैको इच्छा भन्ने मूख्य उद्देश्यका साथ मेला आयोजना गर्न लागेको हो।
मेला आगामी साउन २८ र २९ शनिबार र आइतबार राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा हुनेछ । २ दिने मेला बिहान १० बजेदेखि साझ ६ बजेसम्म नेपालमा रहेका काठमाडौं विश्वविद्यालय, त्रिभूवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, तथा विभिन्नअन्तर्राष्ट्रिय विश्वविद्यालय सग आवद्ध विभिन्न कलेजहरुले विद्यार्थीहरुलाई निःशूल्क परामर्श दिनेछन् ।
उनीहरुले अध्यापनगर्ने विषयहरु, शूल्क, छात्रवृति, परामर्श लगायतका जानकारी तथा आफ्नो इच्छा र पृष्ठभूमिक ाआधारमा कस्तो विषय छनोट गर्दा उचित हुन्छ भनेर जानकारी दिने आयोजकले बताएको छ।
‘विद्यार्थीहरु नेपालमा शिक्षा लिन उत्सुक छन् तर, उनीहरुलाई यहा“ पढाइ भइरहेका कोर्स र गुणस्तरीयता बारे त्यति धेरै जानकारी र विश्वास छैन , यस मेलाले अभिभावक र विद्यार्थीमा नेपालमा पनि विदेशीमा जसरी नै उच्चशिक्षा गुणस्तरको शिक्षालिन सकिन्छ भन्ने विश्वास छ आयोजक जीवन लामाले भने ।
मेलाको मूख्य प्रायोजक इस्लि¨टन कलेज रहेको छ । बिबिए, एमबिए, बिआईटी, बिआईएम, बिएचएम, बिटिटिएम, बिबिएम, बिएचसिएम, बिएएसडब्लू, बिबिएस, बिएस्सीसिएस आईटी, बिडेभ्स लगायतकोर्ष पढ्न चाहाने बिद्यार्थीे यो मेला बाट लाभान्वित हूनेछन् । मेलामार्फत नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षाका लागि विद्यार्थीहरुले निःशूल्क परामर्श लिन सक्नेछन् । मेलामा ४० भन्दा बढी कलेजहरु सहभागि हूनेछन् ।