विश्वप्रसिद्ध उपकरण निर्माता वर्लपुलले पानी सुद्ध गर्नका लागि नयाँ वाटर प्युरिफायर नेपाली बजारमा ल्याएको छ।
नयाँ मोडलमा उपलब्ध प्युराट्रोन वाटर प्युरिफायरमा इएटी प्रविधि जडान छ। जसले पानीका आवश्यक तत्व कायम राखी विकारहरु हटाउन मद्दत पुग्ने कम्पनीको भनाइ छ।
प्रशोधनको क्रममा पानी खेर नजाने र रिजर्भ ओस्मोसिस (आरओ) यसको एउटा महत्वपूर्ण पक्ष रहेको नेपालका लागि आधिकारिक वितरक नेपा हिमा प्रालिले जनाएको छ।
नयाँ प्युरिफायर सार्वजनिक गर्दै वर्लपुलका इन्द्रनिल सिन्हाले बिक्रेताहरूको दृढ सहयोगका कारण आफ्नो ब्राण्डले नेपालमा सफलता पाएको तर्क गरे। उनले थपे ‘अब वर्लपुलले नेपालको वाटर प्युरिफायर बजारमा आफ्नो प्रवेशको उद्घोष गरेको छ। यसले हाम्रो नेपालप्रतिको बढ्दो प्रतिबद्धता प्रतिबिम्बित गर्दछ।’
कम्पनीका वासिङ मेसिन र फ्रिज समेत बजारमा पाइने गर्दछ।
संयुक्त राज्य अमेरिकाको मिसिगनमा अवस्थित वर्लपुलले नेपाली बजारमा दुई दशकदेखि आफ्नो उपस्थिति जनाइरहेको छ ।