वाइवाई चाउचाउले थोक विक्रेताहरूलाई लक्षित गर्दै सञ्चालन गरेको 'थोक विक्रेता उपहार योजना' अन्तर्गत जोरपाटीस्थित तिवारी स्टोरका सञ्चालक रामेश्वर तिवारीले नेटा भी कार जित्न सफल भएका छन्।
तिवारीलाई वाइवाईका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले बुधबार ललितपुरमा आयोजित विशेष कार्यक्रममा कार हस्तान्तरण गरे।
काठमाडौं, भक्तपुर र ललितपुरका थोक विक्रेताहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको थोक विक्रेता उपहार योजना अन्तर्गत प्रत्येक ५० कार्टुन वाइवाई चाउचाउ खरिद गर्दा थोक विक्रेताहरूलाई पहेँलो कुपन र ५०० कार्टुन खरिद गर्दा हरियो कुपन प्रदान गरिएको थियो जसबाट थोक विक्रेताहरूले लक्की ड्र मा समाबेस हुने अवसर प्राप्त गरेका थिए ।
लक्की ड्र मार्फत भाग्यशाली थोक विक्रेताहरूले नेटा भी गाडी, हिरो एक्सपल्स मोटरसाइकल, एलजी टेलिभिजन, एलजी फ्रिज, शाश्वत धाम घुम्ने प्याकेज, स्मार्ट वाच जस्ता उपहार जित्न सक्ने वाइवाईले घोषणा गरेको थियो।
नेटा भी कार जितेको खुसी साट्दै तिवारीले भने, 'वाइवाई अहिले प्रत्येक नेपालीको पहिलो रुचिको चाउचाउ बनिसकेको छ। यो पुरस्कारप्रति म निकै आभारी छु। यस्तो हौसलाले थोक विक्रेताहरूलाई अझै प्रेरित गर्छ।'
यही योजनाअन्तर्गत काठमाडौंको केएबी स्टोर, राम एण्ड गणेश स्टोर र हाम्रो स्टोर, भक्तपुरको उज्वल स्टोर र ललितपुरका प्रकाश प्रधानले हिरो एक्सपल्स मोटरसाइकल जितेका छन्।
त्यस्तै, उपत्यकाका ५ थोक विक्रेताले ५५ इन्चको एलजी टिभी, १० थोक विक्रेताले एलजीको फ्रिज, ५० जनाले साश्वतधाम भ्रमण प्याकेज र ७० जनाले स्मार्ट वाच जितेका छन्।
कार्यक्रममा बोल्दै वाइवाईका सिइओ पुडासैनीले वाइवाईको सफलताको श्रेय नेपाली उपभोक्ताको वाइवाई प्रतिको माया र वितरण सञ्जालमा संलग्न सबै साझेदारलाई जाने बताए।
'हामी वाइवाईमा ग्राहक, थोक विक्रेता र खुद्रा विक्रेताप्रति प्रतिबद्ध छौं। गुणस्तरीय उत्पादनमा निरन्तर ध्यान दिने र उपभोक्ताको आकांक्षा सम्बोधन गर्ने हाम्रो लक्ष्य हो,' उनले भने।