फोन पोइन्ट्स र आइएमएस सफ्टवेयरबीच साझेदारी भएको छ।
फोनपोइन्ट्स र आइएमएस सफ्टवेयर बीचको सहकार्यले २० हजारभन्दा बढी मर्चेन्ट काउन्टरहरूमा सहज र छिटो छुट प्रक्रिया सुरू गरेको छ।
यस साझेदारीको मुख्य उद्देश्य ग्राहकलाई सरल, सहज र निरन्तर अनुभव प्रदान गर्नु हो।
जहाँ अब छुट प्राप्त गर्न कुनै म्यानुअल भेरिफिकेसनको आवश्यकता नपर्ने कम्पनीको भनाइ छ। एउटा कोड देखाएर तुरुन्तै बिलमा छुट हुनेछ।
यस्ता छन् छुट अफर :
सुरुवाती छुट अफरहरूमा सेल्सवेरीका सातदोबाटो, मुलपानी, महाराजगञ्ज, सितापाइला, बत्तिसपुतली, चिप्लेढुंगा शाखाहरूमा दुई सय रूपैयाँ छुट, बाल्ट्राका सबै उत्पादनमा १२ प्रतिशत छुट पाइनेछ।
यस्तै, पिज्जा वर्ल्ड, पिज्जा प्लानेट, क्याफेफिलिया, बाेधी बुक्स लगायतमा १५ प्रतिशत छुट पाइने बताइएको छ।
कम्पनीका अनुसार भविष्यमा आइएमएस सफ्टवेयरमा थप मर्चेन्टहरूलाई समावेश गर्दै फोनपोइन्ट्स प्रयोगकर्ताहरूलाई अझ व्यापक र सुविधाजनक छुट सुविधा उपलब्ध गराइनेछ।