कोका–कोला मोः मोत्सव यस वर्ष पनि पूर्णत नयाँ रुपमा उपभोक्तासामु आएको छ ।
यस वर्ष पनि उपभोक्ताले बिभिन्न प्रकारको तातो–तातो मःमसँग चिसो कोका–कोलाको मज्जा लिन सक्नेछन् । कोका–कोला र खानाको विश्वव्यापी परम्परा रहेको छ र लाखौं उपभोक्ताहरुको दैनिक मनपर्ने कम्बो भोजन पनि हो ।
विश्वभर, रिफ्रेशिङ्ग कोका–कोलाका साथमा मानिसहरु विभिन्न प्रकारका खानाहरुको आनन्द लिन्छन् । नेपालमा पनि त्यहि विश्वव्यापी परम्परालाई स्थानीय निरन्तरता दिँदै, कोका–कोलाले नेपालका प्रमुख रेष्टुरेन्टहरुका चेन तथा भोजनालयहरुसँगको सहकार्यमा तेस्रो ‘कोका–कोला मोःमोत्सव’ आयोजना गरेको छ ।
यसको नाम जस्तै, यो मःम अभियानले कोका–कोलाका साथमा मःमहरुको विभिन्न प्रकारको स्वाद लिन सकिने र आफ्नो अनुभवलाई अझै उत्कृष्ट बनाउने अवसर प्रदान गर्नेछ ।