नेपाली फर्निचर बजारको लगभग ५० प्रतिशत आन्तरिक उत्पादनबाट पूर्ति हुने गरेको व्यवसायीहरुको दावी छ।
नेपाल फर्निचर तथा फर्निसिग व्यवसायी महासंघका अनुसार चीन, भारत, सिंगापुर, मलेसियालगायतका देशबाट यस्ता सामग्री आयात गरिन्छ। शनिवार सम्पन्न साधारणसभाको अवसरमा बोल्ने वक्ताहरुले मागको आधा नेपालमै उत्पादन हुने बताएका हुन्।
सधारण सभाको उदघाटन गर्दै प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले फर्निचर तथा फर्निसिंगमा भएरको परनिर्भरता हटाउन स्वेदेशी उद्योगलाई वढावा दिनुपर्ने बताए । यसका लागि लगानीको वातावरण वनाउन बैंकले न्युनतम व्याजदरमा उद्योगी व्यवसायीलाई कर्जा दिनुपर्ने आवश्यकता उनले औंल्याए ।
कार्यक्रममा महासंघका अध्यक्ष सुरेन्द्रकुमार शारदाले नेपाली बजारमा फर्निचरको माग रहेकोले यस क्षेत्रको विकास गरेमा फर्निचर खरिदका लागि बाहिरिने अर्बौ रुपैयाँ देशमै राख्न सकिने बताए । नेपाली फर्निचर व्यवसाय विदेशी फर्निचरसँगको प्रतिस्पर्धामा उत्रन सक्ने अवस्था बनाउन स्वदेशी व्यवसाय प्रवद्र्धन गर्नु निकै आवश्यक रहेको उनले बताए ।
देशका मुख्य मुख्य शहरी क्षेत्रमा मात्र सीमित व्यवसायलाई बिस्तार गर्दै लैजानु आवश्यकता कार्यक्रममा गरियो । महासंघका अनुसार सम्पूर्ण व्यवसायको एक भाग ओगटेको फर्निचर उद्योगमध्ये काठमाडौं उपत्यकामा मात्र १० हजार हाराहारीमा सञ्चालित छन् । जसबाट ५० हजारले रोजगारी पाएका छन् ।
कार्यक्रममा ग्रील व्यवसायी संस्था नेपालका अध्यक्ष मोहन कटुवाल, महासंघका वरिष्ठ उपाध्यक्ष भुपेन्द्र गिरी, महासचिब सुजिल श्रेष्ठलगायतले नेपाली बजारमा फर्निचर तथा फर्नि्सिङको माग वर्षेनी बढ्दै गए पनि नेपाली घरेलु व्यवसायले यसलाई धान्न सक्ने अवस्था नरहेको जनाए ।