चालु आर्थिक वर्षको चार महिनामा १० अर्ब रुपैयाँ बढी बराबरको विदेशी लगानी नेपाल भित्रिएको छ। राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार चालु वर्षको साउन साउनदेखि मंसिरसम्म १० अर्ब १६ करोड ५३ लाख नेपाली रुपैयाँ बराबरको विदेशी लगानी भित्रिएको छ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको चार महिनाको तुलनामा यो वर्ष ७८ प्रतिशतले बढेको हो।अघिल्लो वर्षको चार महिनामा यस्तो लगानी ५अर्ब ७१ करोड ७ लाख रुपैयाँ बराबरको लागनी भित्रिएको थियो।
गत वर्ष कूल १३ अर्ब ५० करोड ३९ लाख रुपैयाँ बराबरको विदेशी लगानी आएको थियो। चालु वर्षको पहिलो चार महिनामै १० अर्ब आएको हो।
विदेशी लगानीको प्रतिबद्धता धेरै आएपनि वास्तविकरुपमा आउने लगानीको अनुपात भने धेरै न्यून हुँदै आएको छ।
नेपाल कुनै पनि विदेशी कम्पनीले लगानी गर्दा राष्ट्र बैंकको अनुमति लिनुपर्ने व्यवस्था छ। यद्यपी सो व्यवस्था विरुद्ध कतिपय व्यवसायीले अनुमति नदिइकन ल्याउने गरेको पाइन्छ।
यसरी जानकारी वा अनुमति नलिइ विदेशी लगानी नेपाल ल्याउँदा पछि प्रतिफल लिन नपाइने राष्ट्र बैंकका अधिकारीहरुले जानकारी दिएका छन्।