दुबईको अल फर्दान एक्स्चेन्ज र सिटी एक्स्प्रेस मनी ट्रान्स्फरबीच रेमिट्यान्स सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा सिटीका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टन्डन र अल फर्दान एक्स्चेन्जका सिइओ ओसामा अल रह्माले हस्ताक्षर गरे।
सम्झौतासँगै दुबईमा रहेका नेपालीले अल फर्दान एक्स्चेन्जका ६४ केन्द्रहरुबाट पठाएको रकम सिटी एक्स्प्रेस मनी ट्रान्स्फरबाट आफन्तजनले बुझ्न सक्नेछन्।
सिटी एक्स्प्रेसको ५ हजार बढी भुक्तानी केन्द्रहरुमार्फत लिन सकिने कम्पनीले जनाएको छ।
सो अवसरमा रह्माले आउने दिनमा सम्बन्ध अझ मजबुत हुँदै जाने बताए। साथै उनले सिटी एक्स्प्रेस र अल् फर्दान एक्स्चेन्जले नेपाल बाहेक अन्य देशहरुमा पनि नयाँ प्रविधी अनुसार सहकार्य गर्दै जाने समेत बताए।