आज मङ्गलवार नेप्से शून्य दशमलव शून्य ४ प्रतिशत घटेको छ । बजार शून्य दशमलव ६६ अङ्क घटेर १ हजार ५ सय ६७ दशमलव ६४ विन्दुमा पुगेर बन्द भएको हो । आज कारोबार भएका ९ समूहमध्ये तीन समूहको परिसूचक बढेको छ ।
‘अन्य’ समूहको परिसूचक ५ दशमलव १४ प्रतिशत उच्चले बढेको छ । अघिल्लो दिनको तुलनामा १७ दशमलव २५ प्रतिशत बढेको छ भने कुल बजार पूँजीकरण शून्य दशमलव शून्य ४ प्रतिशत घटेर १८ खर्ब १९ अर्ब पुगेको छ ।
यस दिन कारोबार भएका १ सय ५९ कम्पनीहरुको ४ हजार १ सय ३५ पटकको व्यापारमा १४ लाख ३३ हजार ८ सय ४८ कित्ता शेयरको ४६ करोड ९९ लाख बराबरको शेयर कारोबार भएको छ ।