लक्ष्मी बैंकले ताप्लेजुङको फुङ्लिङमा शाखा कार्यालय संचालनमा ल्याएको छ। जिल्लामा बैंकको यो पहिलो शाखा हो।
संयुक्त राष्ट्रसंघ पुँजी विकास कोषसँग संयुक्त रुपमा सञ्चालित ‘उन्नति बित्तमा पहँुच परियोजना’ अन्तर्गत यो शाखा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। पूर्वाञ्चलका ९ जिल्लाका ग्रामीण समुदायमा वित्तीय पहुँच पु¥याउने अभियानअन्तर्गत संयूक्त रुपमा यो योजना संचालन गरिएको हो।
४१ जिल्लामा अब लक्ष्मी बैंकको शाखा संचालनमा आएको छ। सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाका साथसाथै व्यक्तिगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी बैंकिङ्ग सेवाको दायरालाई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको छ।